राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रिय परिचय पत्र लिन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु

सारांश

  • जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवा लिन पुगेका एक जना सेवाग्राहीको मृत्यु भएको छ।
  • बिहीबार बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका वडा नम्बर ७ पैय्याचौरका ७० वर्षीय टीकाराम ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
  • उनी राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालयमा पुगेका थिए।

१४ चैत,  सल्यान।

जिल्ला प्रशासन कार्यालय सल्यानमा सेवा लिन पुगेका एक जना सेवाग्राहीको मृत्यु भएको छ। बिहीबार बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका वडा नम्बर ७ पैय्याचौरका ७० वर्षीय टीकाराम ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

उनी राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालयमा पुगेका थिए। उनको साथमा भान्जीज्वाइँ पनि थिए। कार्यालयमा उभिएका उनी एक्कासि लडेका थिए। तत्कालै उनलाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक बस्नेतले बताए। उनका अनुसार अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले ओलीलाई मृत घोषणा गरेको थियो। उनी दम, रक्तचापको बिरामी थिए। उनको मृत्युको कारण खुलिसकेको छैन। शवको पोष्टमर्टमपछि मात्रै कारण खुल्ने प्रहरीले जनाएको छ। शव पोष्टमर्टमको लागि अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
आजदेखि अध्यागमनको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
ट्रम्प समर्थक चार्ली किर्कको विश्वविद्यालयमै गोली हानी ह*त्या
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
आजको फलफूल तथा तरकारीको मूल्यसूची
आजको फलफूल तथा तरकारीको मूल्यसूची
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण