जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै राजनीतिक दलहरूको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।
  • आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
  •   उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्यधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको उल्लेख गरे ।

१८ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै राजनीतिक दलहरूको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।  उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्यधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको उल्लेख गरे । निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरूले हिमाली क्षेत्रको समुदायलाई मात्र नभइ तल्लो तटीय समुदाय पनि प्रभावित बनेको बताए ।

जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतीपूर्ण रहेको बताउँदै समाधानको सम्भावनाले भरिएको उल्लेख गरे । नेपाल पीडित मात्रै नभइ समाधान दिनसक्ने देशको छवि निर्माण गरिहेको बताए । जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले गरिरहेका प्रयास ब्राजिलमा हुने कोप ३० मा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।  वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतीपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नेपाली कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि नेतृत्व लिन तयार रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद्को अवरोध हटाउन सभामुखले बोलाए प्रमुख सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
कञ्चनजंघा हिमाल आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृ*त्यु
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ
ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय