ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
११८ पटक हेरिएको
Shares
ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले पाए लालपुर्जा

सारांश

  • ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले दशकौँदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्।
  • नापी कार्यालय सर्लाही, मलंगवाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो प्रमाणपत्र वितरण गरेको हो।
  • कार्यक्रममा नापी कार्यालयका प्रमुख संजय मानन्धर, ब्रहम्पुरी गाउँपालिका अध्यक्ष राम पदारथ साह तेली, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल र वडाध्यक्ष श्याम बाबु साहले संयुक्त रूपमा वितरण गरेका हुन।

सर्लाही। ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले दशकौँदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय सर्लाही, मलंगवाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो प्रमाणपत्र वितरण गरेको हो।

कार्यक्रममा नापी कार्यालयका प्रमुख संजय मानन्धर, ब्रहम्पुरी गाउँपालिका अध्यक्ष राम पदारथ साह तेली, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल र वडाध्यक्ष श्याम बाबु साहले संयुक्त रूपमा वितरण गरेका हुन। ५० वर्षदेखि भोगचलन गर्दै आएका भूमिहीनहरूले हालसम्म पनि लालपुर्जा पाएका थिएनन्।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साहले लामो समयसम्म अधिकार नपाएका जग्गाधनीलाई लालपुर्जा प्रदान हुनु गाउँपालिकाको लागि सौभाग्यको विषय भएको बताए। उनले जग्गा सम्बन्धी साना–मसिना विवाद आपसमा छलफल गरी समाधान गर्न समेत आग्रह गरे।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले सबै निकायको सामूहिक प्रयासका कारण लालपुर्जा वितरण सम्भव भएको भन्दै कर्मचारीहरूलाई सम्मान प्रदान गरे। उनले लालपुर्जा पाएपछि जग्गाधनीले बैंकबाट ऋण लिन, व्यवसाय विस्तार गर्न तथा आफ्नो जग्गामा आफ्नो हक स्थापित गर्न सहज हुने उल्लेख गरे।

यस्तै नापी कार्यालयका प्रमुख मानन्धरले आफू कार्यालयको नेतृत्वमा आएपछि मात्रै करिब १ हजार लालपुर्जा वितरण गरिसकेको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण कर्मचारी र सरोकारवालाप्रति आभार व्यक्त गरे।

उक्त लालपुर्जा वितरण सर्लाहीको साविक भेल्ही गाबिस ब्लक नं. ३९०, हाल त्रिभुवननगर १, २, ३ हालको ब्रहम्पुरी गाउँपालिका ४ का घरधुरीलाई लक्षित गरिएको हो। नापी कार्यालयका अनुसार सो क्षेत्रमा २८८ कित्ता जग्गा मध्ये १८५ कित्ता दर्ता भइसकेका र १०३ कित्ता दर्ता प्रक्रियामा छन्। ‘तेरो–मेरो निवेदन’ अन्तर्गत दर्ता भएका ६८ मध्ये २८ फर्छ्यौट भइसकेका छन् भने ४० प्रक्रियामा छन्। सोही क्रममा १६७ जनालाई लालपुर्जा वितरण गरिएको हो।

७५ वर्षीय प्रह्लाद साह रौनियारले वर्षौंदेखि प्रमाण कागजका लागि धाएका दिनहरू आज टुंगिएको बताए। “लालपुर्जा पाएपछि अब घर आफ्नै जग्गामा भएको पक्का भयो,” उनले भने।

त्यसैगरी ८० वर्षीया पार्वती देवीले पनि लामो समयदेखि परिवारले भोगचलन गर्दै आएको जमिन आफ्नै नाममा दर्ता भएपछि अत्यन्त खुशी व्यक्त गरिन्। “आफ्नो जीवनको अन्तिम उमेरमा आएर सही कागज पाउँदा ठूलो राहत मिल्यो,” उनले भनिन्।

नापी कार्यालयका अनुसार सो क्षेत्रका घरबासीले ५ दशकभन्दा बढीदेखि भोगचलन गर्दै आएको जग्गाको नापजाँच, तथ्यांक अभिलेखीकरण र कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
निर्वाचनमा सवारीसाधन प्रयोगमा कडाइ, आयोगद्वारा नयाँ कार्यविधि जारी
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
दक्षिण अफ्रिकालाई हराउँदै  न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै
असारमा पनि घट्यो ब्याजदर, मुद्दतीमा पाइनेभन्दा मूल्यवृद्धि धेरै