गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
६२ पटक हेरिएको
Shares
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो

सारांश

  • महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार गत वर्ष ५१ करोड ९८ लाख रुपैयाँ बेरुजु थपिएको छ ।
  •   प्रदेश स्थापनादेखि अघिल्लो वर्षसम्म २ अर्ब ६८ करोड ५५ लाख बेरुजु रहेकामा परीक्षणपछि २ अर्ब ४६ करोड कायम रहेको थियो ।
  • त्यसमा गतवर्ष झण्डै ५२ करोड थपिएको हो ।

 

१ जेठ,  पोखरा

गण्डकी प्रदेश सरकारको बेरुजु ३ अर्ब नजिक पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार गत वर्ष ५१ करोड ९८ लाख रुपैयाँ बेरुजु थपिएको छ ।  प्रदेश स्थापनादेखि अघिल्लो वर्षसम्म २ अर्ब ६८ करोड ५५ लाख बेरुजु रहेकामा परीक्षणपछि २ अर्ब ४६ करोड कायम रहेको थियो । त्यसमा गतवर्ष झण्डै ५२ करोड थपिएको हो । गत वर्ष बेरुजु रकममध्ये पेस्की बाहेकको बेरुजु ४५ करोड रुपैयाँ छ । गण्डकी प्रदेश सरकार र मातहतमा २ सय ३ कार्यालयको ४५ अर्ब २४ करोड २४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा लेखा परीक्षण गर्दा पेस्कीबाहेक शून्य दशमलव ९९ र पेस्कीसमेत गर्दा १ दशमलव १५ प्रतिशत बेरुजु हो ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्ष प्रदेश सरकारहरूको कुल बेरुजु १.३८ प्रतिशत देखिएको छ । ७ प्रदेशका १ हजार २ सय ९० कार्यालयमा गरिएको ३ खर्ब ६२ अर्ब ९१ करोड ९० लाख रुपैयाँको लेखा परीक्षणमा ५ अर्ब २ करोड १९ लाख बेरुजु देखिएको हो । आव २०८०-०८१ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेशमा देखिएको छ । मधेश प्रदेशमा कुल बेरुजु २.०७ प्रतिशत देखिएको हो भने सबैभन्दा कम बागमतीमा १.०३ प्रतिशत देखिएको छ । मधेशमा रहेका १ सय ५९ सरकारी कार्यालयको ५६ अर्ब ६ करोड ३० लाख रुपैयाँको लेखापरीक्षण गर्दा १ अर्ब १६ करोड ३८ लाख कुल बेरुजु देखिएको हो । यस्तै बागमतीमा रहेका २ सय १४ कार्यालयको ८२ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ लेखा परीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजु देखिएको हो ।

कोशीमा २ सय १ कार्यालयको ५१ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको लेखापरीक्षण गर्दा ८६ करोड ८१ लाख अर्थात् १.६९ प्रतिशत बेरुजु देखिएको छ । सुदूरपश्चिममा १ सय ६२ कार्यालयको ३५ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ लेखापरीक्षण गर्दा १.४१ प्रतिशत अर्थात् कुल बेरुजु ५० करोड ६ लाख देखिएको छ । त्यस्तै लुम्बिनी र कर्णालीमा १.२२ प्रतिशतका दरले बेरुजु महालेखाले देखाएको छ । लुम्बिनीमा २ सय ११ कार्यालयको ५४ अर्ब १६ करोड ४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा कुल बेरुजु ६० करोड ९४ लाख रुपैयाँ आएको हो । महालेखाका अनुसार कर्णालीमा १ सय ४० कार्यालयको ३७ अर्ब ५८ करोड ६६ लाखको लेखा परीक्षण गर्दा ४५ करोड ९४ लाख रुपैयाँ बेरुजु देखिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा बाढीका कारण १८ जनाको मृत्यु
बंगलादेशमा बाढीका कारण १८ जनाको मृत्यु
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सुनको मूल्य आजपनि स्थिर
सुनको मूल्य आजपनि स्थिर
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रहरीमा जागिर लगाइदिने भन्दै २.७५ लाख ठगी गर्ने महिला पक्राउ
प्रहरीमा जागिर लगाइदिने भन्दै २.७५ लाख ठगी गर्ने महिला पक्राउ
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते
जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते
अमेरिकाको लस एन्जलसमा कर्फ्युपछि स्थिति सामान्य
अमेरिकाको लस एन्जलसमा कर्फ्युपछि स्थिति सामान्य