मधेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
मधेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस

सारांश

  • जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेश गरिएको छ ।
  • राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन् ।
  • सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका हुन् ।

२५ जेठ, जनकपुरधाम । जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेश गरिएको छ ।

राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन् ।सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरुले दाबी गरेका छन् । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन । साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
रेशम चौधरीको आममाफी विरुद्धको मुद्दामा आज सुनवाइ हुदै। 
रेशम चौधरीको आममाफी विरुद्धको मुद्दामा आज सुनवाइ हुदै। 
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
एनपीएलको पहिलो खेलको टिकटबाट उठ्ने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
ठगी आरोपमा झापामा एक जना पक्राउ
ठगी आरोपमा झापामा एक जना पक्राउ