बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
२२६ पटक हेरिएको
Shares
बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

सारांश

  • देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको छ ।
  • बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको हो ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए ।

१ जेठ, काठमाडौं ।

देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको छ । बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । तर जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मातहत नै फर्काएको थियो ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गर रास्वपा संसदीय दलका नेता बालेन शाह प्रधानमन्त्री बनेपछि गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मातहत लगिएको हो । १५ चैतमा यही सरकारले सार्वजनिक गरेको सुशासन मार्गचित्र २०८२ मा गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्न सुझाव दिइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्की संयोजकत्वको समितिले तयार पारेको सुशासन मार्गचित्रको ८०२ पेजमा प्रष्ट रूपमा गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न सुझाव दिइएको थियो । ‘विभागलाई पटक–पटक मन्त्रालय परिवर्तन नगरी प्रधानमन्त्री कार्यालय मातहत राखेर स्थायित्व दिने’ सुशासन मार्गचित्रमा लेखिएको छ । अझ यो काम तीन महिना भित्रमा गर्नुपर्ने समेत उल्लेख गरिएको छ । त्यसपछि संस्थागत स्थायित्व हुने मार्गचित्रमा उल्लेख छ । सोही अनुसार अहिले गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
बाल यौन दुराचार आरोपमा एक  शिक्षक पक्राउ
बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ
अर्थमन्त्रीलाई हर्कले भने : सफलताको मापन विदेशी ऋण कति घट्यो भन्नेमा हुनेछ
अर्थमन्त्रीलाई हर्कले भने : सफलताको मापन विदेशी ऋण कति घट्यो भन्नेमा हुनेछ
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन