सेयर बजार २७६७ अंकमा झर्‍यो, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सेयर बजार २७६७ अंकमा झर्‍यो, घट्यो कारोबार

सारांश

  • बुधबार सेयर बजारको परिसूचक नेप्से ९.
  • ७० अंक घटेको छ ।
  • सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ ।

४ भदौ, काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि सामान्य उतारचढावमै रह्यो । २ बजेपछि भने बजारमा बिक्री चाप बढेसँगै नेप्से पुनः ओरालो लाग्यो। कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडमा खुम्चियो । आज ५९ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रह्यो । बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशत घटे ।

आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ । त्यस्तै चन्द्रागिरि हिल्सको ७.४२, सगरमाथा जलविद्युत् कम्पनीको ३.८४, विन्ध्यबासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो ।

त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.६, अपर हेवाखोलाको ३.४, युनाइटेड इदी मर्दीको मूल्य ३.०९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै
वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
सार्वजनिक शान्तिविरुद्धको कसुरमा दुर्गा प्रसाईंलाई ४ दिन म्याद थप
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन
मलंगवामा इन्जिनियर प्रमोद यादवको गोली प्रहारबाट मृ*त्यु
मलंगवामा इन्जिनियर प्रमोद यादवको गोली प्रहारबाट मृ*त्यु
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश