भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
४६ पटक हेरिएको
Shares
भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन

सारांश

  • भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।
  • क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचाररत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए ।
  • नगर प्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउन प्रक्रियामा रहेको बताए ।

 

१९ फागुन,  सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचाररत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । नगर प्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउन प्रक्रियामा रहेको बताए । उनले आफूले परियारलाई भेटेर आएको बताए । उनका अनुसार अन्दाजी ५० वर्षीया आग्री मिर्गौला रोग सम्बन्धी पीडित थिए । आग्री नेपाली कांग्रेस वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ