सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
४४ पटक हेरिएको
Shares
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

सारांश

  • सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताउनु भएको छ ।
  • यहाँबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५ आँँैँ रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताउनुभयो ।
  • प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उहाँले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील छ भन्नुभयो ।

३० वैशाखः  सुर्खेत ।

सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताउनु भएको छ । यहाँबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५ आँँैँ रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताउनुभयो ।

प्रेस स्वतन्त्रताका नाममा अराजकता बढेको उल्लेख गर्दै उहाँले यसलाई नियन्त्रण गर्न वर्तमान सरकार क्रियाशील छ भन्नुभयो । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा तयारीको क्रममा रहेको उहाँले बताउनुभयो । ‘‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो,’’ उहाँले भन्नुभयो, ‘‘यसलाई नियमन गर्नैपर्छ, त्यसकालागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’’ साथै मन्त्री गुरुङले कुनै पनि सञ्चारमाध्यमले जातीय सद्भावमा खलल गतिविधि गर्ननहुनेमा जोड दिनुभयो ।

सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक शीघ्र पारित गरिने उहाँले बताउनुभयो । अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै उहाँले ४० हजारभन्दा बढी त्यससम्बन्धी उजुरी दर्ता भएका बताउनुभयो । सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कैसैलाई छुट नभएको मन्त्री गरुङको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने
माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
सुनको मुल्य अहिलेसम्मकै उच्च  तोलाको कति पुग्यो ?
सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको कति पुग्यो ?
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
बाजुराका एक युवकले गरे आत्मह*त्या
बाजुराका एक युवकले गरे आत्मह*त्या
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी
कालीकोट केन्द्रबिन्दु भएर भूकम्प
कालीकोट केन्द्रबिन्दु भएर भूकम्प
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ