भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
३२ पटक हेरिएको
Shares
भारतको दिल्लीमा प्रदूषण बढेपछि जीआरएपी-३ लागू

सारांश

  •  भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुदै गएपछि वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) -३ प्रतिबन्धहरू लागू गरिएको छ ।
  • शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको हो ।
  • पछिल्लो तीन दिनदेखि दिल्लीमा वायु गुणस्तर सूचकांक ४०० भन्दा माथि रहेको छ र ३९ अनुगमन केन्द्रहरूमध्ये २७ मा वायु प्रदूषण ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको छ ।

 

३० कार्तिक, काठमाडौँ ।  भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुदै गएपछि वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) -३ प्रतिबन्धहरू लागू गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको हो । पछिल्लो तीन दिनदेखि दिल्लीमा वायु गुणस्तर सूचकांक ४०० भन्दा माथि रहेको छ र ३९ अनुगमन केन्द्रहरूमध्ये २७ मा वायु प्रदूषण ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको छ । प्रदूषणको गम्भीर अवस्थालाई ध्यानमा राख्दै दिल्ली सरकारले पाँच कक्षासम्मका विद्यालयहरू अर्को आदेश सम्मका लागि बन्द गर्ने आदेश दिएको छ, यद्यपि अनलाइन कक्षाहरू भने जारी रहनेछन् । दिल्लीकी मुख्यमन्त्री आतिशीले सहरमा बढ्दो प्रदूषण स्तरका कारण अर्को आदेश नभएसम्म प्राथमिक विद्यालयको कक्षाहरू अनलाइन बनाइएको जानकारी दिएकी छन् ।

वायु गुणस्तर व्यवस्थापन आयोग (सीक्यूएम) ले बिए-३ पेट्रोल र बीएस-४ डिजेलमा चल्ने गाडीहरू गुरुग्राम, फरीदाबाद, गाजियाबाद र दिल्ली र एनसीआरको नोएडामा प्रतिबन्ध लगाएको छ । जाडोमा, दिल्ली एनसीआरमा वायु प्रदूषणको अवस्था खराब श्रेणीमा पुग्ने गरेको छ । यसलाई नियन्त्रण गर्न, जिआरएपी चार चरणमा लागू गरिएको छ । वायु प्रदुषणको स्तर २०१ देखि ३०० सम्मको अवस्थामा जिआरएपी -१ लागु गरिन्छ भने३०१ देखि ४०० सम्मको अवस्थामा जीआरएपी-२ लागु गरिन्छ । त्यस्तै वायु प्रदुषणको स्तर (एक्यूआई) ४०१ देखि ५०० पुगेको अवस्थामा जीआरएपी -३ तथा नियमित रुपमा वायु प्रदुषणको स्तर ४५० नाघेमा जीएमएपी-४ लागु गर्ने सरकारले यसअघि नै मापदण्ड बनाएको छ । यस वर्ष अक्टोबरमा, दिल्लीमा जीआरएपी-२ लागू गरिएको थियो किनभने त्यति बेला एक्यूआइ ३०० भन्दा माथि पुगेको थियो ।

जीआरएपी-३ मा के के प्रतिबन्ध छन् ?

शुक्रबारदेखि दिल्ली एनसीआरमा जीआरएपी-३ लागू गर्ने घोषणा गरेसँगै यसअन्तर्गत भवन निर्माण र भत्काउन रोक लगाइएको छ । तर, अत्यावश्यक र राष्ट्रिय सुरक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधार आयोजनाहरू यसबाट छुट छन् । पूरै एनसीआरमा ढुङ्गा क्रसिङमा प्रतिबन्ध लगाइएको छ । सहरमा चल्ने सवारी साधनमा कडा प्रतिबन्ध लगाइएको छ । दिल्ली र एनसीआर सहर, गुरुग्राम, फरीदाबाद, गाजियाबाद र नोएडामा बीएस-३ र बीएस-४ उत्सर्जन मापदण्ड भएका सवारी साधनहरूलाई चलाउन प्रतिबन्ध लगाइएको छ। डिजेलबाट चल्ने जेनेरेटर सेटको अतिरिक्त, स्वीकृत मापदण्डको इन्धन प्रयोग नगर्ने उद्योगहरू सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । तर, अत्यावश्यक वस्तु आपूर्ति गर्ने कार्गो सवारी साधनलाई भने यसबाट छुट दिइएको छ ।

अन्य राज्यका ती बसहरू जुन विद्युतीय सवारीसाधन, सीएनजी वा बीएस -६ मापदण्डका छैनन्, उनीहरूलाई दिल्ली प्रवेश गर्न नदिइने बताइएको छ ।यसका साथै छोटो दुरीका लागि साइकलको प्रयोगलाई प्रवर्द्धन गर्न र निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायातलाई प्राथमिकता दिन सुझाव दिइएको छ । त्यस्तै वेल्डिङ र ग्यास काट्न प्रतिबन्धित छ, यद्यपि साना वेल्डिंग गतिविधिहरू जारी राख्न अनुमति दिइएको छ । घरहरूमा सानातिना मर्मत बाहेक, सिमेन्ट, प्लास्टर वा अन्य कोटिंग्सको प्रयोग समावेश रंग, पालिस र वार्निसिङ कार्यहरू निषेधित छन् । त्यसैगरी टाईल्स, ढुङ्गा आदि काट्ने वा भाँच्न र वाटरप्रुफिङको काममा रोक लगाइएको छ । सडक सफा गर्न स्वीपिङ मेसिन प्रयोग गर्नुपर्नेछ र धुलो शान्त गर्न नियमित पानी छर्किनुपर्ने बताइएको छ ।

 

भिडभाड हुने समयमा अन्य क्षेत्रको तुलनामा बढी चहलपहल हुने वा प्रदुषणको स्तर बढी भएका सडकमा दैनिक पानी छर्कने व्यवस्था गर्नुपर्नेछ । साथै घरबाट काम गर्न सक्नेहरूलाई घरबाट काम गर्ने विकल्प रोज्न सल्लाह दिइएको छ ।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार शुक्रबार बिहान ७ बजे दिल्लीका धेरैजसो ठाउँमा एक्यूआइ ४०० भन्दा माथि र धेरै ठाउँमा ४५० भन्दा बढी थियो, जुन प्रदूषणको ‘गम्भीर’ श्रेणीमा पर्दछ । स्विट्जरल्याण्डमा आधारित वायु गुणस्तर सूचकांक अनुगमन समूह आइक्यूएयरका अनुसार बिहीबार दिल्लीमा औसत पीएम २.५ एकाग्रता २५४ थियो, जुन डब्लुएचओको मापदण्ड भन्दा १५ गुणा बढी हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने
यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली
एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै