चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

सारांश

  • प्रहरीले चोरीमा संलग्न तीन जना भारतीय महिलालाई  विराटनगरबाट पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा सवार असहाय र बृद्धबृद्धाहरुको साथबाट नगद तथा गरगहना चोरीमा संलग्नहरूलाई पक्राउ गरिएको हो ।
  • पक्राउ पर्ने महिलाहरू भारत पुर्णियाका २० देखि २५ वर्ष उमेर समूहका रहेका छन् ।

१३ असार, विराटनगर ।

प्रहरीले चोरीमा संलग्न तीन जना भारतीय महिलालाई  विराटनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा सवार असहाय र बृद्धबृद्धाहरुको साथबाट नगद तथा गरगहना चोरीमा संलग्नहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने महिलाहरू भारत पुर्णियाका २० देखि २५ वर्ष उमेर समूहका रहेका छन् ।

प्रहरीका अनुसार २४ वर्षकी प्रियङ्का धामी, २५ वर्षकी बिहोला धामी र २० वर्षकी अटकारी धामी असार १२ गते पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक हजार दरका ३ गड्डा अर्थात् तीन लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका महिलाहरूले मोरङ कटहरी वडा नम्बर ४ का ७० वर्षका नारायण प्रसाद काफ्लेको रकम चोरी गरेको प्रहरीले जनाएको छ । सिटी सफारीमा यात्रारत काफ्लेले बोकेको झोलाबाट महिलाहरूले उक्त रकम निकालेको प्रहरीको भनाइ छ । पक्राउ परेका महिलाहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?