यस्तो छ तपाइको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १०, २०८१
|
|
६० पटक हेरिएको
Shares
यस्तो छ तपाइको आजको राशिफल

सारांश

  • प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ ।
  • पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ ।
  • आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दु:ख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईश्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज समय खराब रहनेछ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय सामान्य छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय खराब छ । बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा केही पछि परिने समय छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय समय शुभ छ । हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज राम्रो रहनेछ । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिस“गै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला ।

 

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
म:म पसलमा ग्यास विस्फोट घटनामा थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा