Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ

सारांश

  • सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरस्थित फन पार्कमा एक युवकलाई नाङ्गै बनाएर सामूहिक कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • समाजिक सञ्जाल टिकटकमा भएको गालीगलौजको विषयलाई लिएर गत फागुन २३ गते दिउँसो करिब ४ बजे केही युवाको समूहले चक्रघट्टा -९ का राजकुमार यादवलाई पार्कमा दाउरोको चिरपटले कुटपिट गरेका थिए।
  • कुटपिट गर्ने क्रममा उनलाई नाङ्गै बनाएर अमानवीय व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

०२ चैत, सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरस्थित फन पार्कमा एक युवकलाई नाङ्गै बनाएर सामूहिक कुटपिट गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

समाजिक सञ्जाल टिकटकमा भएको गालीगलौजको विषयलाई लिएर गत फागुन २३ गते दिउँसो करिब ४ बजे केही युवाको समूहले चक्रघट्टा -९ का राजकुमार यादवलाई पार्कमा दाउरोको चिरपटले कुटपिट गरेका थिए। कुटपिट गर्ने क्रममा उनलाई नाङ्गै बनाएर अमानवीय व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

घटनापछि पीडित यादवले रोहितकुमार यादवसहितका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार तथा कुटपिट गरी अंगभंग गर्ने सम्बन्धी मुद्दामा फागुन २९ गते जाहेरी दिएका थिए।

जाहेरीका आधारमा प्रहरीले प्रतिवादीमध्ये रोहितकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए।

पक्राउ परेका यादवलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
पेट्रोलियम पदार्थको मूल्य घट्याे, प्रतिलिटर कति ?
पेट्रोलियम पदार्थको मूल्य घट्याे, प्रतिलिटर कति ?
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
ट्राफिक नियमविपरित चलेका सवारी साधनलाई कारबाही गर्दा ४४ लाख राजस्व उठ्यो
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ
प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित
राजस्थान रोयल्सको लगातार चौथो जित, बेंगलुरु ६ विकेटले पराजित