सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा

सारांश

  • सिट क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा बस प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सुर्खेतबाट काठमाडौंका लागि छुटेका १५ वटा रात्रिकालीन बस शनिबार साँझ वीरेन्द्रनगरस्थित सुब्बाकुनामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
  • ‘सिट क्षमताभन्दा बढी यात्रु बोकेका १५ वटा नाइट बस नियन्त्रणमा लिएका छौं ।

२५ कात्तिक, सुर्खेत । सिट क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतबाट काठमाडौंका लागि छुटेका १५ वटा रात्रिकालीन बस शनिबार साँझ वीरेन्द्रनगरस्थित सुब्बाकुनामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ‘सिट क्षमताभन्दा बढी यात्रु बोकेका १५ वटा नाइट बस नियन्त्रणमा लिएका छौं । बसको क्षमता अनुसार नै यात्रु राखेर जान भनेका छौं,’ प्रहरी उपरीक्षक खड्काले भने । उनका अनुसार प्रहरीले यात्रुहरूको सुरक्षाका लागि अर्को बसको व्यवस्था गरेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन यातायात समितिलाई आग्रह गरेको छ । अर्को बसको व्यवस्था नभएसम्म रात्रिकालीन बसलाई छोड्न नदिने उपरीक्षक खड्काले बताए ।

‘हामीले यातायात समितिहरूसँग छलफल गरिरहेका छौँ । यात्रुहरूको सुरक्षाका लागि तुरुन्तै अर्को बसको व्यवस्थापन गर्न अनुरोध पनि गरिएको छौँ,’ उनले भने । दैलेखबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको थियो । उक्त गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।

प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै शनिबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन भएको थियो । रातानाङ्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार थिए । आन्दोलनकारीले प्रहरीको लापरबाहीरका कारण दुर्घटना बसेको भन्दै प्रदर्शन गरेका थिए । दुर्घटनामा प्रहरीको व्यापक आलोचना भएपछि प्रहरीले यस्तो कदम लिएको हो । पछिल्लो समय सिट क्षमताभन्दा बढी यात्रु राख्दा सवारी दुर्घटना बढ्न थलेपछि सुर्खेत प्रहरीले कडाइ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
मोटरसाइकल दु*र्घटनामा प्रहरी सहायक हबल्दारको मृ*त्यु
मोटरसाइकल दु*र्घटनामा प्रहरी सहायक हबल्दारको मृ*त्यु
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढ्यो
भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रीपरिषद्को निर्णय
भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रीपरिषद्को निर्णय
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो