बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशङ्कामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
  • इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा, बिहीबार साँझ मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो।
  • वीरगन्जबाट सिमरा तर्फ गइरहेको सो ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा माल फेला परेको प्रहरीले जनाएको छ।

१३ असार, बारा ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशङ्कामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा,

बिहीबार साँझ मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो। वीरगन्जबाट सिमरा तर्फ गइरहेको सो ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा माल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रकमा फाइल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो। प्रारम्भिक मूल्याङ्कन अनुसार जफत गरिएको सामानको अनुमानित बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रुपैयाँ रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले  बताएका छन्। सामान तथा ट्रक दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात
२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ
२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ