आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख १७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
आजको मौसमः देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना

सारांश

  • यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
  • कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

१७ वैशाख, काठमाडौं –

अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
भारतीय समकक्षी मोदीसँग कार्कीको २० मिनेट कुराकानी
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
आचारसंहिताबारे ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्रीलाई भेट्दै निर्वाचन आयोगको टोली
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ
सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृ*त्यु
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
पराजित भएपछि सोमपाल कामी भन्छन्: अबको खेलमा कम ब्याक गर्नेछौं
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा
आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा