च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
६७ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

सारांश

  • पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि शुरु हुने छ ।
  • जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् ।
  • दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङ्‌ल्याण्डलाई पराजित गरेको थियो ।

१३ फागुन,  काठमाडौँ- जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् ।

दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङ्‌ल्याण्डलाई पराजित गरेको थियो । आजको खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । आजको खेल जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना हुने छ । प्रतियोगिता अघि प्रमुख खेलाडीको अनुपस्थितिमा कमजोर मानिएको अस्ट्रेलियाले  इङ्‌ल्याण्डविरुद्धको खेलमा प्रतियोगिताको इतिहासकै सबै भन्दा ठुलो लक्ष्य चेज गरेर आफुलाई प्रतियोगिताको दाबेदारको रुपमा पेश गरेको छ ।

त्यसैगरी दक्षिण अफ्रिकाले पनि पछिल्ला बर्षहरुमा उत्कृष्ट क्रिकेट खेलिरहेको छ । दक्षिण अफ्रिकाका लागि हेइनरिच क्लासेनको फिटनेस चिन्ताको विषय बनेको छ । उनी अफगानिस्तानविरुद्ध खेलेका थिएनन् । उनी यस खेलमा फर्किने सम्भावना रहेको छ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ । जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
इंग्ल्यान्डमाथि भारतको सानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
कंगोमा इबोला भाइरसको संक्रमण: मृ*तकको संख्या १०० पुग्यो
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
मकवानपुरमा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृ*त्यु
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु