Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २२, २०८२
|
|
९९ पटक हेरिएको
Shares
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना

सारांश

  • काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
  • काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घर/कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ–संस्थाले बहालमा लिएका घर–कोठा खाली गर्ने सम्बन्धमा मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो ।
  • सूचनाअनुसार तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ ।

 

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घर/कोठा खाली गर्ने भनी भएका निर्णयहरूमध्ये सहकारी संघ–संस्थाले बहालमा लिएका घर–कोठा खाली गर्ने सम्बन्धमा मिति २०८२/१०/१५ मा निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णयअनुसार उक्त सूचना प्रकाशित गरिएको हो । सूचनाअनुसार तपसिलमा उल्लेख गरिएका सहकारी संस्थाका पदाधिकारी (सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति), कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको समयभित्र सम्बन्धित सहकारी संस्थाका पदाधिकारी, कर्मचारी वा सदस्य सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार सहकारीले बहालमा लिएका घर–कोठा खाली गरिने महानगरपालिकाले जनाएको छ । घर–कोठा खाली गरिँदा सहकारी कार्यालयमा रहेका सामानहरू सम्बन्धित घरधनीको जिम्मामा दिइने र पछि सहकारीका सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबी–विरोध स्वीकार नहुने पनि सूचनामार्फत जानकारी गराइएको छ । काठमाडौं महानगरपालिकाले न्यायिक समितिको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई समयमै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

घर÷कोठा खाली गर्ने निर्णय भएका सहकारी संस्थाहरू
१. आशा बचत तथा ऋण सहकारी संस्था लि., का.म.पा. ३१
घरधनीः राजेन्द्र महर्जन
२. नव सबल सहकारी ÷ सन्दुप सहकारी, का.म.पा. ६
घरधनीः च्यावा लामा
३. युनिफाइड बचत तथा ऋण सहकारी संस्था, का.म.पा. १७
घरधनीः मञ्जु श्रेष्ठ
४. महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लि., का.म.पा. २२
घरधनीः सागरमान तुलाधर
५. ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, का.म.पा. ३२
घरधनीः नरेन्द्रमान तुलाधर
६. सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, का.म.पा. ६
घरधनीः सुरेन्द्रमान तुलाधर
७. प्रारम्भिक बचत तथा ऋण सहकारी लि., का.म.पा. ३२
घरधनीः ठाकुरप्रसाद ढकाल
८. ग्रेट गंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का.म.पा. १०
घरधनीः समिर अधिकारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला
०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली
मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु