Press 4K
बिहिबार, २५ भाद्र २०८३

यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २२, २०८२
|
|
५८ पटक हेरिएको
Shares
यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल

सारांश

  • नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् ।
  • आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन् ।
  • पदवहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपालीको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए ।

२२ चैत ,काठमाडौं ।

नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन् । पदवहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपालीको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए । प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले बुझेको धारणा राखे ।

उनले भने, ‘यसपालीको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ । २०८२ को यस वर्षको निर्वाचन विशेष निर्वाचन हो । विगतमा भएका कयौं निर्वाचन र भविष्यको निर्वाचन भन्दा यो फरक हो । अहिलेको संसद म्यान्डेटबाट आएको हो । म सभामुखको हैसियतमा बस्दैगर्दा यसपटकको बलियो प्रतिपक्ष जनता नै हुन् भन्ने लाग्छ । प्रतिपक्षमा एकजना मात्र किन नहोस् प्रतिपक्ष नै हो । उहाँहरु बलियो नै हुनेछन् । सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरा बुझेको छु ।’
उनले नीति नियमहरु राम्रो बनाउने कुरामा अग्रसर हुने प्रतिबद्धता जनाए ।

प्रतिपक्षबाट एकैजनाले मात्र चासो दिएपनि उनीहरुको सम्मान र उनीहरुले उठाएको विषय राम्रोसँग प्रस्तुत हुनेपनि उनको प्रतिबद्धता छ । ‘सरकारले नीति नियमहरु राम्रो बनाउँछ । प्रतिनिधिसभा र हामीले गर्ने काम भनेको कानुन बनाउने हो । त्यसैले कानुन बनाउने कुरामा अग्रसर हुन्छौं । प्रतिपक्षबाट एकैजनाले मात्र चासो किन नदियोस् उहाँहरुको सम्मान र विषय कसरी उठान गर्नुपर्छ त्यसमा राम्रोसँग प्रस्तुत हुनेछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...