नेपालमा पहिलो पटक ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ६, २०८३
|
|
२३२ पटक हेरिएको
Shares
नेपालमा पहिलो पटक ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने

सारांश

  • नेपालमा पहिलो पटक विश्वस्तरीय डान्स प्लेटफर्म ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ ।
  • आइतबार विशेष समारोहका बीच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।
  • कार्यक्रमका निर्णायकमा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहने छन् ।

६ वैशाख,काठमाडौं ।

नेपालमा पहिलो पटक विश्वस्तरीय डान्स प्लेटफर्म ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ । आइतबार विशेष समारोहका बीच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । कार्यक्रमका निर्णायकमा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहने छन् । कार्यक्रममा बोल्दै थापाले टेलिभिजन रियालिटी शोभन्दा फरक रूपमा यहाँ ‘परफर्मेन्स–आधारित’ डान्स प्रस्तुत हुने बताउँदै नेपालमा प्रतिभाको कमी नभएको उल्लेख गरे ।

उनले भने, ‘वल्र्ड अफ डान्समा हामीले टिभीमा हेर्न डान्स रियालिटी शो को भन्दा फरक हुन्छ । यहाँ ‘र रस्किट’ र रोनाधोना कम गरेर प्रश्तुती हुनेछ । यसमा इन्जोए गर्छु । विश्वास छ नेपालमा धेरै ट्यालेन्टहरु भेट्ने छौं । नेपाल र नेपालीहरु डान्स र कलाको मामिलामा कही कम छैनन् । यस्ता प्लेटफर्महरुले ठाउँ दिन खोजेको छ ।’ कार्यक्रममा अभिनेत्री परीक्षा लिम्बुले डान्स र अभिनय आपसमा अन्तरसम्बन्धित रहेको भन्दै यसले स्टोरी टेलिङ, एक्सप्रेसन र इमोशन जस्ता पक्षलाई जोड्ने बताइन्।

उनले भनिन्, ‘डान्स र अभिनय अन्तर्सम्बन्धित छ । डान्समा पनि चलचित्रमा हुने इलिमेन्टहरु देख्छौ । स्टोरी टेलिङ, एक्सप्रेसन, इमोशन हुन्छ । फिल्ममा पनि डान्सको जस्तो टाइमिङ, कोरीयोग्राफि जस्तो धेरै कुरा हुन्छ ।’ त्यसैगरी वल्र्ड अफ डान्सको फेस रहेकी कविता नेपालीले नेपालमा डान्स क्षेत्र कमजोर हुँदै गएको अवस्थामा यस्ता प्लेटफर्मले नयाँ आशा जगाएको प्रतिक्रिया दिइन्। उनले आयोजकलाई धन्यवाद दिँदै डान्सरहरूलाई निरन्तर अघि बढ्न प्रेरित गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
मिराज ढुंगाना र जितेन्द्र महतो सिंहदरबारबाट पक्राउ
मिराज ढुंगाना र जितेन्द्र महतो सिंहदरबारबाट पक्राउ
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे, २५ चैतमा उद्‍घाटन
भरतपुरमा बन्यो एसियन मापदण्डको हाइवे, २५ चैतमा उद्‍घाटन
२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ