राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
३१ पटक हेरिएको
Shares
राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित

सारांश

  • पूर्वसञ्चारमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले ललितपुरका विभिन्न क्षेत्रका बासिन्दा संविधानले सुनिश्चित गरेको सम्पत्तिको मौलिक हक प्रयोग गर्नबाट वञ्चित भएको बताएका छन् ।
  •   मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको धारा २५ ले सम्पत्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भए पनि ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत ग्वार्को, लुभु, लामाटार, लाकुरीभञ्ज्याङदेखि दाहालटारसम्मको सडक क्षेत्रका नागरिकहरू उक्त अधिकारबाट वञ्चित भएको बताए।
  • उनका अनुसार उक्त ४५ किलोमिटर लामो सडकलाई राष्ट्रिय राजमार्गको ‘एनएच–१५’ मापदण्डभित्र समेटिएपछि सडक आसपासका जग्गाधनीहरू समस्यामा परेका छन्।

२ असार, काठमाडौं ।

पूर्वसञ्चारमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले ललितपुरका विभिन्न क्षेत्रका बासिन्दा संविधानले सुनिश्चित गरेको सम्पत्तिको मौलिक हक प्रयोग गर्नबाट वञ्चित भएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको धारा २५ ले सम्पत्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भए पनि ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत ग्वार्को, लुभु, लामाटार, लाकुरीभञ्ज्याङदेखि दाहालटारसम्मको सडक क्षेत्रका नागरिकहरू उक्त अधिकारबाट वञ्चित भएको बताए।

उनका अनुसार उक्त ४५ किलोमिटर लामो सडकलाई राष्ट्रिय राजमार्गको ‘एनएच–१५’ मापदण्डभित्र समेटिएपछि सडक आसपासका जग्गाधनीहरू समस्यामा परेका छन्।  नागरिकहरूले आफ्नै मेहनतले जग्गा किने, घर बनाए । तर अहिले ती घर बैंकमा धितो राख्न सकिँदैन, किनबेच गर्न सकिँदैन। यसले जनतामा व्यापक असन्तुष्टि र आन्दोलनको अवस्था सिर्जना गरेको छ,’ उनले भने। खरेलले २०७६ सालमा लागू गरिएको उक्त मापदण्ड आउनुअघि नै त्यस क्षेत्रमा हजारौँ परिवार बसोबास गर्दै आएको, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण बस्तीहरू विकास भइसकेको स्मरण गराए। उनले लुभुजस्ता ऐतिहासिक सहरसमेत उक्त मापदण्डका कारण प्रभावित भएको बताए।

‘राजमार्गको अवधारणा अन्तरप्रदेशीय वा अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिनुपर्ने हो। तर यहाँ पुराना बस्तीहरूलाई नै संकटमा पार्ने गरी मापदण्ड लागू गरिएको छ,’ उनले भने। उनले वर्तमान अवस्थामा बस्ती नै विस्थापित हुने खतरा उत्पन्न भएको उल्लेख गर्दै सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरे। ‘यो ४५ किलोमिटर सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डमा राख्न आवश्यक छैन। त्यसैले सरकारले तत्काल मन्त्रिपरिषद्बाट निर्णय पुनरावलोकन गरी फिर्ता लिनुपर्छ,’ उनले माग गरे। सांसद खरेलले जनताको सम्पत्ति अधिकार, बसोबासको अधिकार र स्थानीय बस्तीहरूको संरक्षणलाई ध्यानमा राख्दै समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवीलाई उच्च राखेको छ : राष्ट्रपति
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित
तनहुँमा बस पल्टिँदा २० जना घाइते
तनहुँमा बस पल्टिँदा २० जना घाइते
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय
नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय