राजविराज कारागारबाट भागेका दुई कैदी मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
राजविराज कारागारबाट भागेका दुई कैदी मृ*त फेला

सारांश

  • गत भदौ २५ मा राजविराज कारागारबाट भागेका दुई जना कैदी मृत भेटिएका छन् ।
  • कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ मृत भेटिएका हुन् ।
  • बरही भदौ २६ गते विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरमा र तामाङ २७ गते राजगढ गाउँपालिका–३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको डीएसपी बस्नेतले बताए ।

१० असोज, राजविराज ।

गत भदौ २५ मा राजविराज कारागारबाट भागेका दुई जना कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ मृत भेटिएका हुन् ।

बरही भदौ २६ गते विष्णुपुर गाउँपालिका–६ रञ्जितपुरमा र तामाङ २७ गते राजगढ गाउँपालिका–३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको डीएसपी बस्नेतले बताए । ‘दुवै जनाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिन्छ,’ उनले भने, ‘थप अनुसन्धान हुँदै छ ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तामाङलाई २५ वर्ष कैद सजाय भएपछि ०७५ पुस १५ मा कारागार चलान भएका थिए भने बरही पनि कर्तव्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेका थिए । जेन–जी आन्दोलनको मौका छोपी भदौ २५ मा कारागारभित्र आगजनी गरेर यहाँका दुई सय ५ कैदीबन्दी भागेका थिए ।हिलेसम्म एक सय ३ जना कैदीबन्दी पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु
मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृ*त्यु
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार
विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार