अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा

सारांश

  •   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ ।
  • अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो ।
  • समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ ।

 २७ चैत, सुर्खेत  । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ । अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो । समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ । लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो ।

सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ । यसबारे अख्तियार सुर्खेतले भने गोप्य अप्रेसन भएको भन्दै थप जानकारी दिएको छैन । ‘यो गोप्य अप्रेसन हो । यसबारे म तपाईंलाई कुनै पनि जानकारी दिन सक्दिन’, कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले  भने । हाल अनुसन्धान प्रक्रिया जारी रहेको र थप अनुसन्धानपछि कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
निलम्बित न्यायाधीश गिरी डिल्लीबजार कारागार चलान
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
जसपा नेपालको केन्द्रिय कार्यसमितिको बैठक बस्दैँ
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात