मलेसियामा अवैध रुपमा बसेको १६ नेपाली कामदार पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मलेसियामा अवैध रुपमा बसेको १६ नेपाली कामदार पक्राउ

सारांश

  • मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको बुकित बिन्ताङमा अवस्थित जालान अलोर आसपास गरेको धरपकडमा नेपालीसहित १ सय ७६ जना अवैधानिक विदेशी कामदार पक्राउ गरेका छन्।
  • अध्यागमनका अनुसार ७१ जना बंगलादेशी, ६० जना म्यानमारका, २४ इन्डोनेसियाली, ३ जना पाकिस्तानी तथा १–१ जना इजिप्सियन र सुडानी पक्राउ परेका हुन्।
  • मलेसियास्थित नेपाली दूतावासका अनुसार उक्त धरपकडमा १६ जना नेपाली पक्राउ परेका छन्।

 

१३ माघ,  काठमाडौँ– मलेसियामा अवैध रुपमा बसेका १६ जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको बुकित बिन्ताङमा अवस्थित जालान अलोर आसपास गरेको धरपकडमा नेपालीसहित १ सय ७६ जना अवैधानिक विदेशी कामदार पक्राउ गरेका छन्।अध्यागमनका अनुसार ७१ जना बंगलादेशी, ६० जना म्यानमारका, २४ इन्डोनेसियाली, ३ जना पाकिस्तानी तथा १–१ जना इजिप्सियन र सुडानी पक्राउ परेका हुन्।

मलेसियास्थित नेपाली दूतावासका अनुसार उक्त धरपकडमा १६ जना नेपाली पक्राउ परेका छन्। मलेसियाको अध्यागमनले पछिल्लो समय अध्यागमन कानुन मिचेर बसेका विदेशी कामदारविरुद्ध धरपकड तीव्र परेको छ। मलेसियामा अवैध रुपमा बसेका विदेशी कामदार पक्राउ परेमा कम्तीमा पनि ३ महिना जेल सजाय र १० हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। सन् २०२३ जुन महिनाको २७ तारिखदेखि सन् २०२४ को जुन ३० तारिकसम्म ‘रिक्यालिब्रेसन २.०’ कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा सहभागी नभई बसेका अवैध कामदारमाथि अहिले धरपकड भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?