योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
३० पटक हेरिएको
Shares
योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल

सारांश

  • अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन् ।
  • बिहीबार काठमाडौंमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा बोल्दै उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिश भएपनि त्यति नै पर्याप्त नभएको बताए ।
  • उनले भने,‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर समस्यामा छौं ।

१२ भदौ, काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा बोल्दै उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिश भएपनि त्यति नै पर्याप्त नभएको बताए । उनले भने,‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर समस्यामा छौं । र त्यो समस्याबाट बाहिर निस्कने कोसिश पनि भएको छ । तर हाम्रो कोशिस अझै पर्याप्त भएको छैन् भन्ने मलाई लागेको छ । ’

त्यस्तै उनले यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं, तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपरेको बताए । अप्ठ्यारालाई चिर्दै वस्तुनिष्ठ,आवश्यक्ता सापेक्षित र स्रोत सापेक्षित भएर योजना निर्माण गर्नुपर्ने धारणा राखे । साथै स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा जान आवश्यक रहेको पनि मन्त्री पौडेलले बताए ।

उनले भने,‘यसपटक बैंकभन्दा बाहिरबाट योजना इन्ट्री गर्दैनौं । तीन करोडभन्दा सानो योजना संघीय सरकारको योजनामा समावेश गर्दैनौं भन्ने त्यो निष्कर्षमा उभिनको लागि धेरै ठूलो चुनौतीको सामना गर्नुपर्यो । त्यसकारण यो अप्ठ्याराबीच हामी छौं । तथापी यी अप्ठ्यारालाई चिर्दै योजना वस्तुनिष्ठ ढंगले निर्माण गर्ने आवश्यक्ता सापेक्षित,श्रोत सापेक्षित भएर योजना निर्माण गर्ने र त्यो स्रोतलाई अत्याधिक प्रतिफल हुनेगरी योजनाहरुमा विनियोजन गर्ने ढाँचामा हामी जानैपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैन : सञ्चारमन्त्री
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै