निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
३० पटक हेरिएको
Shares
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

सारांश

  • हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचनका बेला प्रयोग गरिएको हेलिकप्टर १६ दिनदेखि यहीँ ‘ग्राउन्डेड’ भएको छ ।
  • २१ फागुनमा सम्पन्न निर्वाचनका बेला माथिल्लो डोल्पाका मतदान केन्द्रबाट मतपेटिका, कर्मचारी ओसार्न प्रयोग भएको श्री एयरलाइन्सको उक्त हेलिकप्टर प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
  • श्री एयरलाइन्सको दर्ता नम्बर ‘९एन–एडीडी’ हेलिकप्टर १६ दिनदेखि ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय जुफालका प्रमुख राहुल मिश्रले बताए ।

९ चैत,डोल्पा ।

हिमाली जिल्ला डोल्पामा प्रतिनिधिसभा निर्वाचनका बेला प्रयोग गरिएको हेलिकप्टर १६ दिनदेखि यहीँ ‘ग्राउन्डेड’ भएको छ । २१ फागुनमा सम्पन्न निर्वाचनका बेला माथिल्लो डोल्पाका मतदान केन्द्रबाट मतपेटिका, कर्मचारी ओसार्न प्रयोग भएको श्री एयरलाइन्सको उक्त हेलिकप्टर प्राविधिक समस्या आएपछि १६ दिनदेखि जुफाल विमानस्थलमै ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

श्री एयरलाइन्सको दर्ता नम्बर ‘९एन–एडीडी’ हेलिकप्टर १६ दिनदेखि ग्राउन्डेड भएको नागरिक उड्डयन कार्यालय जुफालका प्रमुख राहुल मिश्रले बताए । हेलिकप्टरमा प्राविधिक गडबडी देखिएपछि २४ फागुनदेखि उडान रोकिएको बताए । प्राविधिक समस्या देखिएपछि हेलिकप्टर उडानयोग्य नभएकाले विमानस्थलमै राखिएको उनले जानकारी दिए ।

निर्वाचनका बेला श्री एयरलाइन्सका दुइटा हेलिकप्टर प्रयोग गरिएकामा एउटा भने काम सकेर फर्किसकेको थियो भने अर्को जुफालमै ग्राउन्डेड भएको हो । हेलिकप्टर मर्मतका लागि प्राविधिक टोली केही दिनभित्रै डोल्पा आउने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना
एक देश, दुई राष्ट्रपति : तान्जानियाको राजनीतिक तानाबाना
एचपीभी खोपले स्वास्थ्यमा असर गर्दैन, ढुक्क भएर लगानुहोस् : स्वास्थ्यमन्त्री
एचपीभी खोपले स्वास्थ्यमा असर गर्दैन, ढुक्क भएर लगानुहोस् : स्वास्थ्यमन्त्री
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
दार्चुलामा आप्रवासी स्रोत केन्द्र
दार्चुलामा आप्रवासी स्रोत केन्द्र
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
इजरायली नागरिकमाथि आक्र*मणमा संलग्न दुई जना पक्राउ
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ
सर्लाहीमा गहना चोरी आरोपमा तीन बालकसहित पाँच पक्राउ