चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द

सारांश

  • डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगको विद्युत् आपूर्ति बन्द गरी दिएको छ ।
  • गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै बाँकी बक्यौता भुक्तान गर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।
  • सो समयसीमासम्म उद्योगले बक्यौता भुक्तान नगरेकाले प्राधिकरण विनियमावली अनुसार लाइट काटिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

 

१० कार्तिक, काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगको विद्युत् आपूर्ति बन्द गरी दिएको छ ।

गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै बाँकी बक्यौता भुक्तान गर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो । सो समयसीमासम्म उद्योगले बक्यौता भुक्तान नगरेकाले प्राधिकरण विनियमावली अनुसार लाइट काटिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । तिर्नुपर्ने रकमसहित सूचित गरिएका ४९ उद्योगमध्ये बिहीबार राति ३४ उद्योगको लाइन काटिएको हो ।

 

४९ मध्ये छ उद्योगले बिहीबार नै बक्यौताबापतको महसुलको पहिलो किस्ता तिरेकाले उनीहरूको लाइन काटिएन । त्यस्तै सात उद्योगको मुद्दा अदालतमा विचाराधीन रहेकाले विद्युत् आपूर्ति नकाटिएको प्राधिकरणले जनाएको छ । विद्युत् लाइन काटिएपछि शुक्रबार बुटवलका दुई उद्योगले पनि किस्ता तिरेपछि आपूर्ति सूचारु गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?