प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
२० पटक हेरिएको
Shares
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ

सारांश

  • सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवन नगर प्रहरी चौकी अगाडिको सडकबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्।
  • प्रहरीले विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • बुधबार दिउँसो करिब १ बजे मधेस प्रदेश ०३–००१ ह।

१२ असार, सर्लाही ।

सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवन नगर प्रहरी चौकी अगाडिको सडकबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्। प्रहरीले विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। बुधबार दिउँसो करिब १ बजे मधेस प्रदेश ०३–००१ ह। २२२१ नम्बरको यात्रुबाहक ट्याम्पो त्रिभुवन नगर बजारबाट भेल्हीतर्फ जाँदै गरेको बेला प्रहरीले उक्त ट्याम्पोलाई रोकी चेकजाँच गरेको थियो।

ट्याम्पोमा सवार यात्रुहरूको चेकजाँच गर्दा चितवन भरतपुर महानगरपालिका–२४ का १९ वर्षीय अनीश बिक र धन बहादुर परियारका १९ वर्षीय छोरा सन्देश परियारको साथबाट ठुलो परिमाणमा लागू औषध बरामद गरिएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज कुमार राईले जनाएको छ। अनीश विकको साथबाट Nitrazepam-10 लेखिएको ५ पत्ता (५० ट्याब्लेट) र सन्देश परियारको साथबाट पनि त्यही मात्रामा लागू औषध फेला परेको हो। साथै उनीहरूले बोकेको रातो रङ्गको कपडाको झोलाभित्र लुकाइ छिपाइ राखिएको ११० पत्ता (११०० ट्याब्लेट) पनि फेला पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान
३३ किलो सुन तस्करी प्रकरण : छानबिन समितिले गोरेसँग लियो बयान
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गर्ने दुई जना पक्राउ
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना