प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
११७ पटक हेरिएको
Shares
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

सारांश

  • काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।
  • त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ ।
  • जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् ।

९ असोज, काठमाडौं । काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ ।

जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् । तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भइसकेका छन् ।

पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू डिले भएका छन् । अन्य गन्तब्यमा भने उडान भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भने अहिले सामान्य भइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?