प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
३५ पटक हेरिएको
Shares
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् ।
  • आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन् ।
  • शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौँ भन्दै अभिव्यक्ति दिएका थिए ।

११ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् । आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन् ।

शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौँ भन्दै अभिव्यक्ति दिएका थिए । उनले भने, ‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्स्या छैन, त्यस्तैत्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने । हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौं तर बिसाउन लगाउन जानेको छौँ । ’उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए । प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताए ।

उनले भने,‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।

उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने,‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दल दर्ताको प्रमाणपत्र लिने अवधि आज सकिंदै
दल दर्ताको प्रमाणपत्र लिने अवधि आज सकिंदै
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ (तस्बिरहरू)
बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् : देउवा
बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् : देउवा
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालले घोषणा सभा गर्ने
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन