बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

सारांश

  •   बाजुराको बुढीगङ्गा नगरपालिका-६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् ।
  • आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

२४ जेठ,बाजुरा  । 

बाजुराको बुढीगङ्गा नगरपालिका-६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले प्रारम्भिक रूपमा ३५ पसलको क्षतिको विवरण संकलन गरेको उक्त पसलको रु आठ करोड ७७ लाख ६५ हजार क्षति भएको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख रुपैयाँ क्षति भएको पाइएको छ ।  यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख, छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउदको एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले संकलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए । आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।

आगलागीबाट भगतराज गिरीको सु प प्र ०१-००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ । शुक्रबार अपराह्न साढे ३ बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नि नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरूले गुनासो गरेका छन् । ‘स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो,’ पीडित छत्र थापाले भने । आगलागीबाट पीडितहरुको तथ्यांक संकलन गरी उनीहरूलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र संघ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।  यसैबीच, शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
विगतका कमजोरीको समिक्षा गरेर सुधार गर्ने संकल्पसहित अघि बढौं: अध्यक्ष नेपाल
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
रिंकुको शंकास्पद मृत्यु घटनामा गृहमन्त्रीले भने- दोषीलाई कडा कारबाही हुन्छ
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति अरु पनि छन् : गगन थापा
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति अरु पनि छन् : गगन थापा
कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु
कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु
सर्लाहीमा आमाको नामबाट पहिलो पटक नागरिकता वितरण
सर्लाहीमा आमाको नामबाट पहिलो पटक नागरिकता वितरण