रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ ।
  • प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो ।
  • बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखमा जिम्मेवारी दिइएको छ ।

१६ कात्तिक, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ । प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो । बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखमा जिम्मेवारी दिइएको छ ।

अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा संलग्न रहेका छन् । त्यस्तै, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य बनाइएको छ । भट्टराई पूर्व नेपाल स्काउट निर्देशक हुन् भने शाक्य जनस्वास्थ्य विज्ञका रूपमा चिनिन्छन् । सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख र तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्यको जिम्मेवारी दिइएको छ । पौडेल ह्वाइट हाउस कलेजका प्राचार्य हुन् ।त्यस्तै, बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभाग उपप्रमुख बनेका छन् । श्रेष्ठ व्यवस्थापन विज्ञ हुन् र संयुक्त राष्ट्रसंघ नेपालमा लामो समय कार्यरत थिए ।

पार्थीवेन्द्र उपाध्याय, मनिराम घिमिरे, र ज्ञानु पौडेल पनि केन्द्रीय शिक्षा र महिला विभागमा सदस्यका रूपमा नियुक्त भएका छन् । पूर्व लुम्बिनी प्रदेश मन्त्री कल्पना पाण्डे र सामाजिक नेतृ ज्ञानु पौडेल केन्द्रीय महिला विभाग सदस्यका रूपमा चयन भएका छन् । प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ । त्यस्तै, प्रमिला कुमारी सिंह नीति विचार विभाग सदस्यका रूपमा जिम्मेवारी पाएकी छन् । सिंहले नेपालका विभिन्न विकास परियोजनामा लामो समय काम गर्ने अनुभव प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण
पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित