उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारीलाई स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ४, २०८०
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् ।
  • उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् ।
  • जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

मौसम झा

४ चैत, कृष्णनगर । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् ।

उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । जिल्ला र राष्ट्रको समस्या समाधान गर्ने कामको रणनीति बनाएर उत्थान गरिने उनले बताए ।  सुखी नेपाली, समृद्ध नेपालको बनाउने सवालमा पूँजी र क्षमताको आधारमा सबैलाई प्राप्त हुने गरि काममा ध्यान केन्द्रित भएको उनले बताए । भूमीहीन जटिल समस्या भएको बताउँदै त्यस समस्याको हल गर्ने कुरामा मन्त्रालय र सरकार लाग्ने मन्त्री अधिकारीको भनाई छ ।

उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले कृष्णनगर भन्सार नाका लुम्बिनी प्रदेशको मुख्य नाका भएकोले सुक्ख बन्दरगाहको लागि पहल गर्नु ध्यानाकर्षण गरेका छन् । उनले कृष्णनगर मूख्य व्यापारिक केन्द्र भएको बताउँदै बजारीकरण गर्नुपर्ने बताए । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितलाई लालपुर्जा उपलब्ध गराई बासको व्यवस्थामा ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सुशिल श्रीवास्तव, वडा अध्यक्ष कृष्ण कुमार गुप्ताले कृष्णनगर मुख्य व्यापारिक केन्द्र र औद्योगिक क्षेत्र भएकोले केन्द्र सरकारबाट पहल गरि कृष्णनगरको विकासमा जोड दिन आग्रह गरेका थिए ।  घनश्याम अग्रहरी,  विक्रम अग्रहरी, सत्य नारायण अग्रहरी, दिपक कसौधन, रेनु शर्मा, नारायण कनोडिया, नुर मोहम्द, वृजेश कुमार गुप्ता, राहुल मोदनवाल लगायत धेरैको सहभागिता रहेको थियो। कार्यक्रममा उद्घोषक प्रहलाद पाण्डेय रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइ हुने
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
सङ्खुवासभाको बाह्रबिसे  बजारमा आगलागी, पाँच घर जले
सङ्खुवासभाको बाह्रबिसे बजारमा आगलागी, पाँच घर जले
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै
काङ्ग्रेस पदाधिकारी बैठक बस्दै