धुलिखेल खावा सडकमा लफडा, स्थानीयद्वारा बाटो बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
४३ पटक हेरिएको
Shares
धुलिखेल खावा सडकमा लफडा, स्थानीयद्वारा बाटो बन्द

सारांश

  • धुलिखेल खावा सडक निर्माण सम्पन्न नगरेको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।
  • अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त सडक समयमा नबनाई स्थानीय र यात्रुहरूलाई सास्ती व्यहोर्न बाध्य पारेको भन्दै बिहीबार दिउँसो १ बजेबाट सडक बन्द गरिएको हो ।
  • स्थानीय र व्यवसायीहरूले अरनिको राजमार्ग धुलिखेल खावा सडक पकुचामा स्थानीय अवरोध गरेका हुन ।

७ चैत, काभ्रे ।

धुलिखेल खावा सडक निर्माण सम्पन्न नगरेको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । अरनिको राजमार्ग अन्तर्गत पर्ने उक्त सडक समयमा नबनाई स्थानीय र यात्रुहरूलाई सास्ती व्यहोर्न बाध्य पारेको भन्दै बिहीबार दिउँसो १ बजेबाट सडक बन्द गरिएको हो । स्थानीय र व्यवसायीहरूले अरनिको राजमार्ग धुलिखेल खावा सडक पकुचामा स्थानीय अवरोध गरेका हुन । धुलिखेल खावा ४ किलोमिटर सडक खण्ड निर्माणको सुनिश्चितता नभएको भन्दै आक्रोशित स्थानीयले सडक बन्द गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

तीन पटक सरकार  फेरिए पनि सडकको अवस्था फेरिन नसकेको स्थानीयको गुनासो रहेको छ । गत २०७९ जेठ २० मा सम्झौता गरी निर्माण कार्य थालिएको सो सडकको काम २०८० चैत १९ मा सम्पन्न गर्नुपर्ने थियो । तर, निर्माण व्यवसायीले समयमा नै काम नगर्दा समय सीमा सकिएको वर्ष दिन पछि ठेक्का रद्द गरिएको छ । गौरी पार्वती निर्माण सेवा प्रालिले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक निर्माणमा ढिलासुस्ती र निर्देशनको बेवास्ता गरेको भन्दै  सडक डिभिजन कार्यालयले भक्तपुरले २०८१ फागुन १५ गते ठेक्का सम्झौता रद्द गरेको थियो ।

कार्यालयले ठेक्का रद्द गरेसँगै निर्माण व्यवसायी अदालत पुगेका छन् । निर्माण व्यवसायी अदालत पुगेपछि सडक निर्माण थप अन्यौलता तर्फ धकेलिएको छ । तोकिएको समयमा काम नभएको भन्दै कार्यालयलेले ठेक्का रद्द गरे लगत्तै निर्माण व्यवसायी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । अदालतले यो सडकको निर्माण जिम्मा पाएको गौरी–पार्वती निर्माण सेवा प्रालिलाई कारबाही नगर्न र ठेक्का तोड्ने प्रक्रिया अघि नबढाउन स्टे अर्डर समेत दिएको छ भने अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा नराख्न समेत आदेशमा भनेको छ । जसका कारण सो सडक खण्डको निर्माणको काममा थप समस्या देखिएको हो ।

अदालतको स्टे अडरका कारण कार्यालयले नयाँ ठेक्का प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । यद्यपि सडक डिभिजन भक्तपुरले भौतिक पूर्वाधार मन्त्रालयसँग सडक निर्माण पुरा गर्न बजेट सुनिश्चितताका लागि प्रक्रिया भने थालिसकेको छ । ४२ करोड रुपैयाँ बराबरको लागत ईस्टेमिट सहितको बजेटको स्रोत सुनिश्चितताका लागि डिभिजनले मन्त्रालयसँग आग्रह गरेको साइट इन्चार्ज इन्जिनियर सिताराम बुढाथोकीले जानकारी दिए ।  हाल वातावरणीय प्रदूषण कम गराउने हिसाबले सडक विभागबाट दुई वटा ट्याङ्कर मार्फत पानी हाल्ने काम भइरहेको उनले बताए । त्यो बाहेक यो सडक खण्डमा अन्य कुनै पनि काम अघि नबढेको उनले बताए ।

यद्यपि नयाँ ठेक्काबारे भने अदालतको आदेशमा केही भनिएको छैन । ठेक्का रद्द भएपछि कम्पनीलाई कालो सूचीमा राख्ने, धरौटी बापतको रकम जफत गर्ने, अब गर्ने काममा उसले हालसम्म गरेको काम घटाएर बाँकी रहेको पैसा असुल उपर गराउनुपर्ने हुन्छ ।  २२ महिनाभित्र काम सक्ने गरी २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडक खण्डको धुलिखेलदेखि जिप लाइन आसपाससम्म सब–बेस हाल्ने काम सम्पन्न भएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं’
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
महावीर झण्डाको कलश यात्राका क्रममा सम्सीमा दुई समुदायबीच झडप, ३ जना घाईते
गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा
गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
ट्राफिक प्रहरीले धम्की दिएको बालेनको सचिवालयको दाबी
ट्राफिक प्रहरीले धम्की दिएको बालेनको सचिवालयको दाबी