बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री

सारांश

  • बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
  • शुक्रबार नेपाली कांग्रेसबाट पाँच जना मन्त्री थप गर्दै उनले आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।
  • यसअघि कांग्रेसबाट तीन र सत्ता साझेदार नेकपा एमालेबाट छ जना मन्त्री सहभागी थिए।

काठमाडौं ।

बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार नेपाली कांग्रेसबाट पाँच जना मन्त्री थप गर्दै उनले आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। यसअघि कांग्रेसबाट तीन र सत्ता साझेदार नेकपा एमालेबाट छ जना मन्त्री सहभागी थिए।

मन्त्रिपरिषद् विस्तारपछि १४ सदस्यीय बनेको सरकारमा विभिन्न मन्त्रालयको कार्यविभाजन समेत गरिएको छ। मुख्यमन्त्री बानियाँ आफैं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा छन् भने कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, उद्योग, पर्यटन, वन, खानेपानी, श्रम, युवा, सहकारी लगायतका मन्त्रालयमा नयाँ मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ।

मन्त्री परिषद् पूनर्गठन तथा बिस्तार एवम् कार्य बिभाजन

१. इन्द्रबहादुर बानियाँ– मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)

२ मधुसूधन पौडेल– मन्त्री (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

३ शिवराज अधिकारी– मन्त्री (आन्तरिक मामिला तथा कानुन मन्त्रालय)

४ किरण थापामगर– मन्त्री (स्वास्थ्य मन्त्रालय)

५ उर्मिला नेपाल– मन्त्री (युवा तथा खेलकुद मन्त्रालय)

६ कन्चन चन्द्र वादे– मन्त्री (सामाजिक विकास मन्त्रालय)

७ डा. दिनेशचन्द्र देवकोटा– मन्त्री (भौतिक पूर्वाधार विकास मन्त्रालय)

८ प्रभात तामाङ– मन्त्री (आर्थिक मामिला तथा योजना मन्त्रालय)

९ भरतबहादुर केसी– मन्त्री (वन तथा वातावरण मन्त्रालय)

१० सुरेश श्रेष्ठ– मन्त्री (संस्कृति तथा पर्यटन मन्त्रालय)

११ जयराम थापा– मन्त्री (श्रम, रोजगार तथा यातायात मन्त्रालय)

१२ कृष्णकुमार तामाङ– मन्त्री (खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय)

१३ विन्दु श्रेष्ठ– मन्त्री (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय)

१४ विनु रायमाझी पौडेल– मन्त्री (सहकारी तथा गरिबी निवारण मन्त्रालय)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर
जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
हालसम्म १४ लाख ३५ हजार बढीलाई एचपीभी खोप प्रदान
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने
उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
हेटौंडामा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउने अल्टिमेटम, कार्यान्वयनबारे भने शंका
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित
राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित