कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१८९ पटक हेरिएको
Shares
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग

सारांश

  • एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग आएको हो ।
  • सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
  • आवेदन अनलाइनमार्फत २७ जुलाई, २०२६ देखि २ अगष्टसम्म दिन सकिनेछ ।

५ साउन, काठमाडौं ।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग आएको हो । सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो । आवेदन अनलाइनमार्फत २७ जुलाई, २०२६ देखि २ अगष्टसम्म दिन सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई–९ वा ई १० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्नेछ ।

पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ । परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ । अन्तिम परीक्षामा पास भएका उम्मेद्वारको वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म हुने जनाइएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण  गर्नु कोरियामा रोजगारीको सुनिश्चिता नभएको प्रष्ट पारेको छ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवदन आह्वान गरेको हो । नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाटो निर्माणमा अनियमितता गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन
प्राण प्रतिष्ठाबाट चार करोड बढी सङ्कलन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
राजावादीको आन्दोलनमा दुईजनाको मृत्यु- एकजनाको जलेर, अर्काको गोली लागेर
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु