राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
३२ पटक हेरिएको
Shares
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् ।
  • शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २।
  • ० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् ।

२२ कात्तिक,  काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २।० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् ।

उनले भनिन्,‘पहिलेका भन्दा अहिलेको चुनौती फरक छ । यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ । भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सैह्य हुने छैन् भन्ने कुरा खुला लक्ष्मण रेखा स्थापित गरेको छ । यो युवा पुस्ताको प्रष्ट सन्देश हो । भ्रष्टाचार कमीसनको सञ्जाल सह्य छैन् । लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन् । नीतिगत चलखेल गर्नेहरु पोषिने अवस्था रहनुहुँदैन् । राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार छ । निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन् ।’ त्यस्तै उनले मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने कुरा तथ्यांकहरुले बारम्बार प्रमाणित गरिसकेको बताइन् ।

कूल ग्राहस्थ उत्पादनमा, निर्यातमा, रोजगारी र करदाताका रुपमा निजी क्षेत्रको योगदान सँधै अग्रणी रहने उनको भनाई छ । उनले उद्योगी व्यवसायीहरुलाई आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरुको परिचय दिएकी गरेकी छिन् । ‘मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने हाम्रा तथ्यांकहरुले बारम्बार प्रमाणित गरेका छन् । कूल ग्राहस्थ उत्पादनमा होस् ,निर्यातमा होस् रोजगारी या करदाताका रुपमा निजी क्षेत्रको योगदान सँधै अग्रणी छ । उद्योगी व्यवसायीहरुलाई म आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरु ठान्दछु । जसमाथि समग्र मुलुकले समृद्धिको धरोहरा अडिने छ । प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सहज वातावरण निर्माणको निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन् । रेमिटेन्सको भरमा मात्र बाच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार जुटेको बताउँदै उनले विज्ञहरुको सुझाव अनुसार पुँजीगत खर्चलाई तिब्र बनाउने दावी गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’
‘श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
रेड पान्डाको संरक्षण गर्न सामुदायिक वनमा ४८ वटा सीसी क्यामेरा जडान
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
राजदेवी मन्दिरमा खोइँछ भराई र प्रसादी चढाइँदै
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न गरेको अनुरोधप्रति चिकित्सक संघको आपत्ति
तोलामा ३ हजार १ सय बढ्यो सुन
तोलामा ३ हजार १ सय बढ्यो सुन
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो