Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
कांग्रेसको विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्छ : दीपक खड्का

सारांश

  • नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।
  • कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारकोे बैठकमा उनले आगामी जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताएका हुन् ।
  • ‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भने ।

२० कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्काले अगामी जेठ महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बिहीबारकोे बैठकमा उनले आगामी जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताएका हुन् । ‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,’ उनले भने ।

खड्काले नेपाल सनातन वैधिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्छ भनेर विधानमै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्ने धारणा राखे । नेता खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने, नागरिक असुरक्षित हुने र लोकतन्त्रनै समाप्त हुने हुँदा सबै कुरा बिर्सिएर पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए । उनले सबै केन्द्रीय पदाधिकारीसमेत बुथबाट प्रतिनिधि भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानुकूल बनाउन विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने राय प्रस्तुत गरे ।

 

पार्टीको महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने, राष्ट्रिय पुँजी निर्माणको नेतृत्व लिनका लागि पार्टीले सबैसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको हुँदा प्रष्ट नीतिसहित अन्तर्राष्ट्रिय सम्बन्धहरू बलियो बनाउन कांग्रेसले पहल गर्नुपर्ने धारणा खड्काको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने
सरकारको निर्देशनसँगै एनसेल नेटवर्कमा चल्न छोडे यी सामाजिक सञ्जाल
सरकारको निर्देशनसँगै एनसेल नेटवर्कमा चल्न छोडे यी सामाजिक सञ्जाल
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ
सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका भारतीय नागरिक पक्राउ