निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन् ।
  • आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले राजीनितिक परिवर्तन पश्चात जतिपनि उपलब्धी हासिल भएका छन् त्यो निजामती कर्मचारीहरुको साथबाट मात्र सम्भव भएको धारणा व्यक्त गरिन् ।
  • उनले भनिन्,‘संसारका विकसित देशहरुको दाँजोमा हाम्रो देशलाई पुर्याउन सकिन्छ ।

२२ भदौ, काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले राजीनितिक परिवर्तन पश्चात जतिपनि उपलब्धी हासिल भएका छन् त्यो निजामती कर्मचारीहरुको साथबाट मात्र सम्भव भएको धारणा व्यक्त गरिन् । उनले भनिन्,‘संसारका विकसित देशहरुको दाँजोमा हाम्रो देशलाई पुर्याउन सकिन्छ । आज हामीले राजीनितिक परिवर्तन गरिसकेपछि जतिपनि उपलब्धी हासिल गरेका छौं ।

निजामती कर्मचारीहरुले साथ नदिएको भए त्यो उपलब्धी पनि हासिल गर्न सक्ने थिएनौं । त्यसैले अब जति उपलब्धी हासिल गर्नुपर्ने छ ,त्यसमा कर्मचारीहरुको योगदान धेरै आवश्यक छ । कर्मचारीहरु यो देशविकासको र समृद्धिको मेरुदण्ड हुन् ।’ त्यस्तै उनले चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताइन् ।

निवेदन लेखेर नभई कर्मचारीले अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्ने पर्नेमा उनले जोड दिईन् । उनले भनिन्,‘कर्मचारी सरुवा गरिदिन प¥यो भन्ने, मलाई यहाँबाट त्यहाँ पुर्याइदिन प¥यो भन्ने त्यो भीड देखिसकेपछि अब अन्त्य गर्नुपर्छ कि पर्दैन् ? भौतिक रुपमा कर्मचारीहरु आफै आएर सरुवा गरिदिन पर्यो,मलाई यहाँ जाँदा न्याय हुन्छ भन्ने परिस्थितिको कहिले अन्त्य हुन्छ ?त्यसैले एउटा त्यस्तो सिस्टमको विकास गर्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
सर्पदंश व्यवस्थापनसम्बन्धी सि.एम.इ. कार्यक्रम
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
आज सङ्घीय संसद् सेवा दिवसःविभिन्न कार्यक्रमगरी मनाइँदै
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
हेटौंडामा ट्रामाडोल क्याप्सुलसहित पाँच जना पक्राउ
शहिद स्मारक लिगमा आज ३ खेल हुदै
शहिद स्मारक लिगमा आज ३ खेल हुदै
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध  उजुरी आह्वान गर्ने निर्णय
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन