Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’

सारांश

  •  समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।
  • उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।
  • उक्त रेल क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ ।

 

२७ फागुन , काठमाडौँ : पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ ।  समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।

उक्त रेल क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ ।  प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीहरूले जनाएका छन् । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे । यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन् ।

भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ । रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताइएको छ । उक्त रेलमा ९ वटा कोच रहेको र करिब पाँच सय यात्री रहेको पाकिस्तानी सञ्चारमाध्यम ‘डन’को अनलाइन संस्करणमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा
मितेरी सहकारीका अध्यक्ष भण्डारी कम्बोडियाको प्रहरी नियन्त्रणमा
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प
इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो
रौतहटमा नयाँ मतदाताको संख्या ६ हजार नाघ्यो
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
३ जना सांसद निलम्बित, १ फरार
३ जना सांसद निलम्बित, १ फरार