राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दैछन्।
  • ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ।
  • अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु पुगेका हुन्।

२७ कार्तिक, बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)लाई आज सम्बोधन गर्दैछन्।

‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु पुगेका हुन्।  सम्मेलन (कोप–२९) सोमबारदेखि प्रारम्भ भएको छ। राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले भोलि बुधबार बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने छ। ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ।

सम्मेलनमा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट उत्पन्न समस्या ध्यानाकर्षण गराउँदै सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकम प्रदान गर्नका लागि आग्रह गरिनेछ। साथै नेपालले जलवायु परिवर्तनका विषयमा नेपालले सामना गरिरहेको चुनौती तथा हालसम्म गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयन बारेका प्रयासलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नमा जोड दिने बताइएको छ।

सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सम्मेलनमा सहभागी हुनेछन् । यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
आज विभिन्न कार्यक्रम गरी देशभर हनुमान जन्मजयन्ती मनाइँदैः
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा
मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा
बालकुमारीमा आगलागी ,फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट
बालकुमारीमा आगलागी ,फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
पृथ्वीराजमार्ग अन्तरगत  फिस्लिङमा लेदोसहितको पहिरो
पृथ्वीराजमार्ग अन्तरगत फिस्लिङमा लेदोसहितको पहिरो
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु