चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३१, २०८१
|
|
४९ पटक हेरिएको
Shares
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
  • ​ सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले ​पदभार सम्हालेका हुन् ।
  • ​ यसअघि उनी शपथपछि लैनचौरको शहीद स्मारक र नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर शहीद र पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरेका थिए ।

 

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।​

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले ​पदभार सम्हालेका हुन् ।​ यसअघि उनी शपथपछि लैनचौरको शहीद स्मारक र नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर शहीद र पार्टीका संस्थापक नेताहरूको फोटोमा माल्यार्पण गरेका थिए । प्रधानमन्त्री कार्यालयमा सचिवसहितका कर्मचारीले ओलीलाई स्वागत गरेका छन् । ओलीको स्वागतमा ब्राम्हणहरू स्वस्ति वाचन मन्त्रोच्चारण गरेका थिए । ओलीलाई प्रधानमन्त्रीको कार्यालयमा निमित्त मुख्य सचिव लीलादेवी गड्तौलाले टीका मालासहित स्वागत गरेकी थिइन् ।

ओली यसअघि २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भएका थिए ।  ओलीले दोस्रोपटक नेकपाकालीन समयमा झण्डै दुई–तिहाई बहुमतको हाराहारीको सरकारको नेतृत्व गरेका थिए । यसपटक पहिलो ठूलो दल नेपाली कांग्रेसको समर्थन र सहभागितापछि नेकपा (एमाले)का अध्यक्ष ओली दुई–तिहाई मतसहितको प्रधानमन्त्री बनेका छन् ।  राजनीतिक स्थायित्व दिने, अर्थतन्त्रमा सुधार ल्याउने, संविधानका कमजोरी सुधार्ने, नागरिकलाई डेलिभरी दिनेलगायत प्रतिबद्धता जनाउँदै दुई ठूला दलले सरकार बनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...