श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
६८ पटक हेरिएको
Shares
श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्

सारांश

  • भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् ।
  •    बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए ।
  • उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका ​श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् ।

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् ।   बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए । उनले सरकारमाथि मात्र नभई आफ्नो पार्टी पनि नैतिक संकटमा आएको बताए ।

सरकारमा रहेर विपक्षमा निर्णय गर्नु पार्टीका लागि नैतिक संकट  रहेको भन्दै उनले आफूले पार्टीका मन्त्रीलाई एक दुई दिनमा के –के गर्नुछ गर्नुस् भनिसकेको बताए ।  उनले भने, ‘अध्यादेश अस्वीकार गर्नु भनेको सरकार गिराउनका लागि होइन तर सरकारमाथि नैतिक संकट आएको छ । हामीमाथि पनि नैतिक संकट आएको छ । नैतिक संकट भनेको पर्सन कुरा हो ।’ अध्यादेश ल्याउँदा आफूहरूसँग कुनै छलफल नगरेको बताउँदै उनले अध्यादेश ल्याउनुभन्दा अगाडि गठबन्धनको बैठकमा विरोध गरेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
काठमाडौं विमानस्थलबाट ८ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
आज ३ संसदीय समितिका बैठक बस्दै
आज ३ संसदीय समितिका बैठक बस्दै
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद
भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद
आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना
आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना