परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा मनोरञ्जनका लागि चलाएको हल्लामात्रै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
परराष्ट्र मन्त्री देउवा भन्छिन् – सरकार परिवर्तनको चर्चा  मनोरञ्जनका लागि चलाएको हल्लामात्रै

सारांश

  • परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्लामात्र भएको बताएकी छिन् ।
  • थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले भनिन्, “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुन सक्छ ।
  • ” नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उgले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको स्पष्ट गरिन् ।

 

१२ वैशाख, काठमाडौँ ।

परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्लामात्र भएको बताएकी छिन् । थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले भनिन्, “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुन सक्छ ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उgले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको स्पष्ट गरिन् ।आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै मन्त्री डा राणाले हिजो नै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको जानकारी दिए ।  मन्त्री डा राणा एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षता गरी शुक्रबार स्वदेश फर्किएकी हुन् । यसै सिलसिलामा उनले अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गरेकी थिइन् ।

 

सो अवसरमा उनले यी राष्ट्रहरुको साझा चासोका विषयहरूका बारेमा नेपालका तर्फबाट धारणा राखेकी थिइन् । उक्त अवसरमा नेपालका तर्फबाट राखिएको धारणाले  अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्न सघाउ पुगेको महससु भएको उनले बताइन् ।  मन्त्री डा राणाले यस कार्यक्रमको साइडलाइनमा इस्केपका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गरेको र उक्त भेटमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदानमा स्केपको भूमिकाको प्रशंसा गरेको जानकारी दिइन् ।

उक्त भ्रमणका अवसरमा अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू विकासोन्मुख राष्ट्रहरुका लागि संयुक्त राष्ट्रसंघका उच्च प्रतिनिधि रहाब फतिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको जानकारी उनले दिइन् ।  साथै यस भ्रमणका क्रममा आफूले नेपालले जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादका बारेमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरूलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि मन्त्री डा राणाले दिइन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते
तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु,  ६ जना घाइते
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
तीनकुने प्रदर्शनमा ६० राउन्ड गोली प्रहार, अश्रुग्यास कति ?
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
लागूऔषधसहित ४ जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ