मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
३० पटक हेरिएको
Shares
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा

सारांश

  • युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ ।
  • आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीहरूले समेत आयोगका पदाधिकारीहरूलाई दबाव दिएका थिए ।
  • त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रुपमा बैठक डाकेका हुन् ।

२४ भदौ, काठमाडौं ।

युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ । आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीहरूले समेत आयोगका पदाधिकारीहरूलाई दबाव दिएका थिए ।

त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रुपमा बैठक डाकेका हुन् । सोमबारको प्रदर्शनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकालेको थियो । तर प्रदर्शनमा भएको चर्को दमनमा मौन रहेको आयोगले प्रदर्शनलाई संयमित बनाउन आन्दोलनकारीहरूलाई आग्रह गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त मानव अधिकार आयोगका पदाधिकारीहरू मानव अधिकार उल्लंघनसम्बन्धी सरकारका कामकारबाहीमा मौन हुने गरेको आरोप लाग्नेगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ
करिब २८६ किलो गाँजासहित दुई जना पक्राउ
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी
विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
एमाले पूर्वसांसद कोइरी जेल चलान
एमाले पूर्वसांसद कोइरी जेल चलान
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम अगुवाहरु आक्रोसित