काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
३० पटक हेरिएको
Shares
काठमाडौंमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

सारांश

  • काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • शनिबार (जेठ ३) दिउँसो बाप्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले बा६०प १७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
  • ठक्करबाट मोटरसाइकल चालक गोरखाका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

३ जेठ, काठमाडौं ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार (जेठ ३) दिउँसो बाप्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले बा६०प १७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक गोरखाका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको परिसरका प्रवक्ता एवं एसपी अलीलराज बोहराले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?