५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ११, २०८२
|
|
५९ पटक हेरिएको
Shares
५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार

सारांश

  • साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ ।
  • यसदिन नेप्से ५७.
  • ५५ अंकले बढेर २,७७२.

११ माघ, काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ ।यसदिन नेप्से ५७.५५ अंकले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतको वृद्धि हो । यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ ।

यसदिन ३३१ स्टकको कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस अवधिमा ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् । यो किनबेच १ लाख ३३ हजार ५२९ वटा कारोबारमा सम्पन्न भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २४० वटाको शेयर मूल्य बढेको छ भने १९ वटाको घटेको छ । एक कम्पनीको शेयर मूल्य स्थिर रह्यो, जसले बजारमा व्यापक खरिद चाप देखिएको संकेत गर्छ ।

यस दिन ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ्ग इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । कारोबारमा आएको १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य यस दिन सर्वाधिक ५.८० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । आज यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै