कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
३४८ पटक हेरिएको
Shares
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 

सारांश

  • एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ ।
  • कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् ।
  • सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ ।

५ असार, काठमाडौँ ।

एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् । सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ । कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरुपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २५ प्रतिशत योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि बर्सेनि विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगतका वर्षहरूमा अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानसम्म पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिता माथि आरोप लाग्दै आएको छ ।  कार्यदलको कार्यादेश (टीओआर) मा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरुपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ । प्रभावकारी देखिएका प्रणालीका हकमा असल अभ्यासको उदाहरण सहित ‘ग्याप एनालाइसिस’ गरी आवश्यक सिफारिस गर्ने र अनुदान दुरुपयोग अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गर्ने कार्यादेश पनि कार्यदललाई दिइएको छ । कार्यदलले कम्तीमा एक महिनामा दुई पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढी पटक मन्त्रालयका सचिवसमक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग पराजित
राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक
राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
महोत्तरीमा एक युवकको शव फेला , हत्याको आशंका
महोत्तरीमा एक युवकको शव फेला , हत्याको आशंका
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ