Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
११४ पटक हेरिएको
Shares
अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन

सारांश

  • जेनजीको भदौ २४ गते आन्दोलन चर्किंदा मधेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् ।
  • उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा लेखेको उनले बताए ।
  • ‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भनेर म तयार छु ।

२८ भदौ, जनकपुरधाम ।

जेनजीको भदौ २४ गते आन्दोलन चर्किंदा मधेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा लेखेको उनले बताए । ‘कसैको जनधनको क्षति नहोस्, सार्वजनिक सम्पतिको क्षति नहोस् भनेर राजिनामा दिनुपर्छ भनेर म तयार छु । त्यो दिन प्रदेश प्रमुख हुनुहुन्नथ्यो । कोही भएको भए दिन्थेँ’ उनले तर्क गरे । तर सो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको उल्लेख नै गरेका थिए ।

‘नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ । नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु’ उनको फेसबुकमा उल्लेख छ । त्यसको चार दिनपछि कुरा फेरेका मुख्यमन्त्री सिंहले भनेका छन्, ‘सिस्टम चेन्जको म स्वागत गर्छु । तर राम हटेर श्याम आउन, श्याम हटेर भरत आउनको लागि म छैन नि !’ तर फेसबुकमा राजीनामा दिइसकेको व्यक्ति नैतिक रुपमा पछाडि हटेर आज राजीनामा दिएको छैन भनेर भन्न त मिलेन नि मेरो मात्र नैतिकता छैन नि । सबैले मान्नु पर्यो नि । मसँग कसैले राजीनामा पनि त मागेको थिएन ।’ पहिलेको र अहिलेको परिस्थिति फरक रहेकाले राजीनामा नदिने उनले बताए ।

उनलाई राजीनामा दिन जनमतका अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए । त्यसको केहीबेरपछि सिंहले फेसबुकमा वक्तव्य लेख्दै राजीनामा गरेको घोषणा गरेका थिए । तर उनले अहिलेसम्म प्रदेश प्रमुख कार्यालयमा लिखित राजीनामा बुझाएका छैनन् । मुख्यमन्त्रीले राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ । मधेश प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवले अहिलेसम्म मुख्यमन्त्री सिंहको राजीनामा पत्र कार्यालयमा प्राप्त नभएको बताएका छन् । यो खबर सार्वजनिक भएको र देशले अन्तरिम सरकार पाएर सामान्य अवस्थामा फर्किन थालेपछि मुख्यमन्त्री सिंहले कुरा फेरेका हुन् । २५ जेठ २०८१ मा नेकपा एमाले लगायत ७ दलको समर्थनमा जनमतका सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । केन्द्रको राजनीतिक घटनाक्रमले माओवादीसहितका दल बाहिरिएका थिए । नेपाली कांग्रेसले भने समर्थन गर्दै सरकारमा सहभागी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै
माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीको बैठक आज बस्दै
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु