सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने

सारांश

  • प्रधानमन्त्री ओलीले बुधबार दिँउसो ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।
  • ‘सरकारले यस बीचमा के-के कामको थालनी गर्‍यो भनेर जानकारी दिन लागिएको हो,’ प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले भने।
  • प्रधानमन्त्री ओली  गत असार ३० गते चौथोपटक प्रधानमन्त्री बनेका हुन्।

७ कार्तिक, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दैछन्। प्रधानमन्त्री ओलीले बुधबार दिँउसो ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।

‘सरकारले यस बीचमा के-के कामको थालनी गर्‍यो भनेर जानकारी दिन लागिएको हो,’ प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले भने।प्रधानमन्त्री ओली  गत असार ३० गते चौथोपटक प्रधानमन्त्री बनेका हुन्। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा ७ बुँदे सहमति भएर ओली प्रधानमन्त्री बनेका थिए। यसैबीच प्रधानमन्त्री ओलीले सत्तारूढ दलको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सत्तारूढ दलको बैठक बोलाइएको थियो। सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्। सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
रवि लामिछानेले दर्जनौं आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै गगन थापा
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
घरमा आगलागी हुँदा सबै सम्पत्ति जलेर क्षति
समाजवादी मोर्चाको र्‍याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?
समाजवादी मोर्चाको र्‍याली : कुन रुटमा कुन नेताले गर्दैछन् नेतृत्व ?
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु
सर्लाहीमा ट्रकको ठ*क्करबाट वृद्धको मृ*त्यु
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै